टेवल टेनिस लिगको उपाधि एभिएम क्लवलाई

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना गरिएको टेवल टेनिस लिगको उपाधि एभिएम टेवल टेनिस क्लवले जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरिएको लिगमा आज भएको फाइनल प्रतिस्पर्धामा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै एभिएम विजयी भएको हो ।
विजेता बनेको एभिएमले उपाधि सहित पुरस्कारमा दुई लाख रुपियाँ नगद र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता पुलिसले एक लाख पुरस्कार पायो भने तेस्रो हुने टोलीलाई ५० हजार रुपैंया पुरस्कार प्रदान गरियो । नेपालमा पहिलो पटक विदेशी खेलाडीलाई सम्मिलित गराइ खेलाइएको लिग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले आयोजना गरेको हो ।
मङ्सिर १९ बाट सञ्चालन गरिएको प्रतियोगितामा नौ वटा टोलीको सहभागिता रहेको आयोजकले संस्थाकी अध्यक्ष नेपाल महिला टेवल टेनिस च्याम्पियन नविता श्रेष्ठले जानकारी दिनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ जेष्ठ २६, मंगलवार २१:०५नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुन भन्छन्- जाँगर लागे काम गर्छु, नभए मन्त्रालयमै सुत्छु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:४४चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:३९जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:२७मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’ १६ असोजमा








