कालुपाण्डे मार्ग ५ घण्टा बन्द हुने

धादिङ, २२ मंसिर ।
धादिङबेशी मलेखु (कालुपाण्डे मार्ग) सडक खण्ड आज ५ घण्टा बन्द हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित साँघुटार कृष्ण मन्दिर चौतारा सँगै सडक मर्मत तथा ह्याम पाइप राख्नु पर्ने भएकोले सडक ५ घण्टा बन्द हुने भएको हो ।
निर्माण कम्पनी र डिभिजन सडक कार्यालय, नुवाकोटको अनुसार आज बेलुका ८ः ०० बजेबाट राती १ः ०० बजे सम्म सडक पुर्ण रुपमाबन्द रहने नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उक्त समयमा बैकल्पिक बाटोको प्रयोग गर्नुहुन अनुरोध गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







