प्रम कप सुदूरपश्चिम छनौट: दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा

बैतडी : प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित दर्ता गर्यो ।
बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा चार विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । उसका रेवती धामीले २८ र कप्तान बिन्दु रावलले २४ रन बनाइन् । बैतडीका लागि करिष्मा थापा र वसन्ती बोहराले एक÷एक विकेट लिइन् । त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा दुई विकेटको क्षतिमा १२९ रन बनायो ।
जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरिन् । कञ्चनपुरका लागि अर्चना चन्दले एक विकेट हात पारिन् । रितु खेलकी ओम्यान अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताउनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टिम व्यवस्थापक अनिल विष्टले बताउनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास