वेब सिरिज ‘आरती’ काे गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। वेब सिरिज ‘आरती’ मा समाबेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ। रौतहटको मनोरम दृश्यमा खिचिएको सार्वजनिक गीतमा खेम राज कोईराला, नुतन र मनिषा गिरी फिचर्ड छन् । अश्रिया हुमागाईं र मनिस अधिकारीको स्वर रहेको गीतमा रोशन दासको शब्द र मनिस अधिकारीको संगीत छ ।
रोशन दासको निर्देशनमा बनेको सिरिज पुष १६ गतेबाट नेट टिभीमा रिलिज हुँदैछ । सिरिजमा खेम र मनिषाको अलवा गीता श्री, लक्ष्मण अधिकारी, एच पी कडेल, संसार अधिकारी र शिव कुर्मी, सपना शर्मा, दिप नारायण शर्मा, विकी शाह, कृष्ण खड्का, जय पासवान र अनमोल दासको अभिनय छ ।
रेयस् इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिरिज मा आशिष कुमार दासको लगानी छ । हिक्मत शर्माको पटकथा लेखन, नितेश घतानको छायाँकन, दिनुप मगरको कोरियोग्राफी रहेको सिरिजका सम्पादक कवीर ओड र कमली हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १३, बुधबार १६:०३बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
समाचार२०८२ फाल्गुन १३, बुधबार १४:०४लुम्बिनीका मतदाताको प्राथमिकतामा गुणस्तरीय शिक्षा
समाचार२०८२ फाल्गुन १३, बुधबार १०:५७इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल
समाचार२०८२ फाल्गुन १३, बुधबार ०७:१८पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा








