निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको सङ्गीत छ ।
भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ । भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन छ ।
वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन् ।
गायक पौडेलले अन्य गायक गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक् शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौँ छप्प नाचौँ’ सार्वजनिक गरिएको बताए । ‘कहीँ कतै पार्टीतिर नाच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाच्ने खालका मौलिक गीत नै छैनन्’,गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि स्क्रिप्ट लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’ भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने









