मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा
काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् ।
बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।
उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । जसअनुसार ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरे ।
मेनुकाको कुरा गर्दा उनले इण्डियन आइडलका जजदेखि अतिथिको मन जितेकी छन् । यो प्लाटफर्ममा धेरैले उनलाई लता मंगेशकरसँग पनि तुलना भइरहेको छ । मेनुका नेपाल आइडलमा अन्तिम ११ बाट बाहिरिएकी थिइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ११, बिहीबार १६:४६मन्त्रीहरुको मर्यादाक्रममा हेरफेर
कला, विचार/मनोरञ्जन२०८३ मंसिर ११, बिहीबार १६:०९‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?
खेलकुद२०८३ मंसिर ११, बिहीबार १५:२०क्रिकेटर रोहित पौडेलले थाइल्यान्डमा गरे प्रेमिकासँग विवाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर १०, बुधबार २१:५४जेनजी आन्दोलनमा घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दुई मन्त्री




