Breaking News
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेती गर्ने किसानलाई अनुदान प्राप्त

पोखरा । पोखरा महानगरपालिकाले हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए ।
महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए ।
महानगरपालिकाले हिउँदे बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको बताउनु भयो ।

हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेती गर्ने किसानलाई अनुदान प्राप्त
चलचित्र ‘नमेटिने घाउ’को शुभ मुहूर्त, केपी ओलीले गरे एक्सनकट

काठमाडौँ। एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रमका बीच चलचित्रको घोषणासँगै शुभमुहूर्त गरिएको हो।

शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, एमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त लगाएत उपस्थित थिए ।

मुहूर्तको अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे। ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरु उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए । अभिनेता रमित ढुंगानाले बायोपिक चलचित्रका रुपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यसै चलचित्रबाट उनले निर्देशनको यात्रा समेत सुरु गर्दै छन्।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो चलचित्रलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको छ। चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरु छन्।

चलचित्रमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतको अभिनय रहनेछ ।

‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् र निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिदै छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ- नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन।’

रमितले भने, ‘यो सबै भिक्टिमहरुको बायोपिक हो । आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ । गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो ।’ भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

यस्तै, भिक्टिमहरुको बायोपिक फिल्मका रुपमा लिदै प्रोजेक्ट अघि बढाएर एसिड आक्रमणका घटना भएका ठाउँहरुमा छायांकन सुरु गर्ने तयारी छ । चलचित्रको मुहुर्त गरेसँगै कठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा छायांकन गर्ने तयारी गरिएको छ ।

बिर्सिने रोग युवा उमेर मै लाग्नुका ७ कारण

डिमेन्सिया एक ल्याटिन शब्द हो । जुन डिमेन्सबाट बन्छ । नेपालीमा जसको अर्थ दिमाग अस्थिर रहनु हुन्छ। डिमेन्सिया बिर्सिने रोगका रुपमा परिचित छ। जब हाम्रो मस्तिष्कको मेमोरी सेन्टर कमजोर हुन थाल्छ। जसले गर्दा दैनिक कार्य पनि भुल्न थालिन्छ। साथै निर्णय लिने क्षमतामा पनि कमी आउन थाल्छ। डिमेन्सिया विभिन्न प्रकार हुन्छन्। जस्तै भाष्स्कुलर डिमेन्सिया,  अल्जाइमर्स, फ्रन्टोटेम्पोरल डिमेन्सिया, लेभी डिजीज आदि। 

हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिले कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ। 

डिमेन्सियाका ७  कारण
एक्सेटर र मास्ट्रिच युनिभर्सिटीले युवामै हुनुको कारण पत्ता लगाएको छ।  अध्ययनमा ६५ भन्दा कम उमेरका साढे ३ लाख मानिस सामेल गरिएका थिए। उनीहरुमाथि गरिएको अध्ययनले  ७ मुख्य कारण पत्ता लागेका हुन्। 

स्ट्रोक- स्ट्रोकका कारण  दिमागमा ब्लड लेभलमा कमी वा दिमागभित्र रक्तश्राव हुन सक्छ। यसले दिमागको न्युरोलोजिकल फङसनमा हानी पुर्याउँछ । त्यसबाट डिमेन्सियाको खतरा बढ्दै जान्छ।

डाइबिटिज– मोडर्न साइन्मा अल्जाइमर्सको टाइप-३ डायबिटिजको नाम दिइएको छ। अनियन्त्रित ब्लड सुगरको सवैभन्दा धेरै असर ब्रेन न्युरोन्समाथि पर्छ। स्मृति कमजोर हुन थालेछ । त्यसैले डायबिटिज नियन्त्रणमा राख्न जरुरी हुन्छ।

भिटामिन डीको कमी – भिटामिनको मुख्य स्रोत घाम हो। भिटामिन डी नपाउँदा अक्सिडेटिभ तनाव बढ्छ, जसले दिमागले आरामको महशुस गर्न सक्दैन।

सामाजिक एकांकी- जो समाजसँग घुलमिल हुँदैनन् । उनीहरुको दिमागमा आफ्नै र आफ्नाहरुका बारेमा अनेकथरी विचार उत्पन्न हुन्छन्। जसले दिमागमा अवसाद उत्पन्न हुने सम्भावना बढ्छ। कोरोना महामरीको समयमा गरिएको आइसोलेसनको असर दिमागमाथि परेको पाइएको छ। एक्लोपनाको शिकार भएकाहरुको दिमाग तीव्र रुपमा कमजोर हुने गरेको पाइएको छ।

मदिराको अत्याधिक सेवन – अत्याधिक मदिराको सेवनबाट दिमागको न्युरोन्सको सक्रिया कम हुन्छ। जसले बोल्ने, सोच्ने र कुरालाई याद राख्ने क्षमतामा कमी ल्याउँछ र तीव्र रुपमा मुड सुइङ हुन्छ। यस्तो अवस्थामा डिमेन्सियाको खतरा पनि बढ्छ।  

मुटुसँग सम्बन्धित समस्या – जो मानिससँग मुटुसँग जोडिएका रोग हुन्छन्, उनीहरुमा डिमेन्सियाको खतरा अधिक हुन्छ । किनकि दिमागको रक्त बाहिनीमा रगत जम्ने वा रक्तस्राव हुने सम्भावना बढी हुन्छ। 

तनाव – जब हामी कुनै कुरामा धेरै तनाव लिछु । त्यतिबेला ‘कोर्टिसोल’ नामक एक स्ट्रेस हर्मोन रिलिज हुन्छ। कोर्टिसोल मेमोरीमाथि सिधा असर पार्छ। यस्तोमा ज्यादा तनावले डिमेन्सियाको जोखिम बढाउन सक्छ। 

एजेन्सीहरुको सहयोगमा