मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर भएको जानकारी दिइयो ।
कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअप घोषणालाई देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । यसअघि भामको फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।
सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण २३, बिहीबार १९:००नगरपालिकाद्धारा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा
कला, विचार/मनोरञ्जन२०८२ श्रावण २३, बिहीबार १८:२४‘हरिबहादुरको जुत्ता’ : हरिवंश, प्रकाश र स्वस्तिमा पोस्टरमा
समाचार२०८२ श्रावण २३, बिहीबार १६:५५बाढीले उत्तरी गोरखामा २ वटा पुल बगायो
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २३, बिहीबार १३:४१मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी धेरै