मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर भएको जानकारी दिइयो ।
कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअप घोषणालाई देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । यसअघि भामको फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।
सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा









