मनोजको संगीतमा कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संचारकर्मी कृष्ण पाण्डेको स्वरमा ‘माया यस्तै हुँदो रहेछ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेम वियोगको भावलाई समेटेर तयार पारिएको गीतमा हस्त गौतमको शब्द, मनोज चौलागाईको संगीत तथा एरेन्ज रहेको छ ।
सार्वजनिक गीतको भिडियो छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । भिडियोको सम्पादन गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका बिदार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छपर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । सार्वजनिक गीत म्यूजिक बिट नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २४, मंगलवार १७:४९‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक
समाचार२०८२ असार २४, मंगलवार १६:१७भङ्गालोमा तीन घण्टा : रुखमा अड्कँदा बाच्ने आश मरिसकेको थियो
समाचार२०८२ असार २४, मंगलवार ०९:१६रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार
समाचार२०८२ असार २४, मंगलवार ०७:०९त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध