चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको बिसेष भूमिका

काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।
‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ‘चलचित्रमा उहाँको बिसेष भूमिका हुनेछ ।’
चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्रमा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।
चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ। चलचित्र हाल धरानमा छायाँकन भई रहेको छ । सोनाली शिल्पकारको मेकअप रहेको छ। चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
समाचार२०८२ असार २२, आईतवार २०:४९धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण
समाचार२०८२ असार २२, आईतवार १९:३८राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा