Home परदेश हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

15
0

इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा प्रस्तावित युद्धविराम सर्त अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गर्दै केही महिनाभित्र पूर्ण विजय सम्भव रहेको बताउनुभएको छ ।

इजरायल समर्थित युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध मागहरू राखेपछि प्रधानमन्त्री नेतान्याहुले असहमतिसहितको प्रतिक्रिया दिनुभएको हो । शान्तिको लागि सम्झौतामा पुग्ने प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेतान्याहुले पूर्ण र अन्तिम विजय बाहेक अर्को समाधान नभएको बुधबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रधानमन्त्री नेतान्याहुको टिप्पणीले इजरायल मध्यपूर्वमा द्वन्द्व जारी राख्‍ने चाहेको पुष्टि भएको हमास नेताको प्रतिक्रिया छ । इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता कायरोमा हुने अपेक्षा गरिएको इजिप्टको आधिकारिक स्रोतले बीबीसीलाई बताएको छ ।

इजिप्टले सबै पक्षहरूलाई शान्ति सम्झौता निष्कर्षमा पुर्‍याउन आवश्यक लचक हुन आह्वान गरेको समाचार स्रोतले उल्लेख गरेको छ । हमासले मंगलबार युद्धविरामको प्रस्तावमा आफ्नो जवाफी प्रस्ताव राखेको थियो ।

प्रस्तावित सम्झौताले गाजामा खाद्यान्न र अन्य सहायताको आपूर्ति बढाउने विश्वास गरिएको छ । १ सय ३५ दिनको युद्ध विरामसँगै पूर्णरुपमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता सफल हुनेमा हमास विश्वस्त रहेको बताएको छ ।

गतवर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिव १ हजार ३ सय इजरायलीको मृत्यु भएको थियो । इजरायलले गरेको जवाफी कारबाहीमा २७ हजार ७ सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । लगातारको इजरायली कारबाहीमा कम्तिमा ६५ हजार मानिस घाइते भएका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleएक लाख घुस रकम सहित कलंकी नापी कार्यालयका सर्भेक्षक पक्राउ
Next articleनेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here