बटरफ्लाई फिल्म्सको सहयोगमा ८० जना बिद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ। काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ९ ओम डाँडा स्थित कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । बटरफ्लाई फिल्म्सको सहयोग र सेलिब्रेटी नेपाल प्रतिष्ठानको व्यबस्थापनमा ८० जोर ट्रयाकसुट वितरण गरिएको हो। आर्थिक अवस्थाका कारण कोही पनी जाडोमा बस्न नपरोस् भनेर सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई कपडा वितरण गरिएको बटरफ्लाई फिल्म्सका प्रबन्ध निर्देशक जेनिश पहारीले बताए। न्यानो कपडा पाउँदा बिद्यार्थीहरु पनि धेरै खुसी भएका थिए। यस्तै सामाजिक कार्यहरु निरन्तर गर्दै जाने कम्पनीको योजना रहेको पनि पहारीले बताए।

कार्यक्रममा बटरफ्लाई फिल्म्सका प्रबन्ध निर्देशक जेनिश पहारी,सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, बटरफ्लाई फिल्म्सका सृजन श्रेष्ठ,पाइलट अर्बिन पहारी,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश कुँवर,प्रधानाध्यापक राजु ठकुरी लगाएतको उपस्थिति रहेको थियो। शिशु कक्षा देखि ८ कक्षा सम्म पढाइ हुने कमला देवी आधारभुत बिद्यालयमा जम्मा ८० जना बिद्यार्थी पठन पाठन गरीरहेका छन्। बटरफ्लाई फिल्म्स चलचित्र वितरण कम्पनी हो,जसले नेपाली,हिन्दि र हलिउड फिल्मको नेपालभर प्रदर्शनको जिम्मालिने गर्दछ। कम्पनीले वितरण गरेका चलचित्रहरुले राम्रै दर्शकको साथ पाउने गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








