प्रिज्मा टीभीको प्रशारण सुरु, सिरिज मात्रै प्रशारण हुने

काठमाडौँ। श्री पंचमीको अवसर पारेर प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रशारण सुरु भएको जानकारी दिइएको हो । यो टेलिभिजनबाट सिरिज मात्रै प्रशारण गर्ने जानकारी दिइएको थियो । विधागत रुपमा प्रशारण हुन लागेको नेपालकै पहिलो च्यानल भएको जानकारी संचालकले दिएका छन् । कार्यक्रममा कलाकार नीर शाहले यो टीभीले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे ।
यो टेलिभिजनबाट विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपालीमा डबिङ गरेर प्रशारण गर्ने जानकारी दिइएको थियो । टेलिभिजनका प्रमुख निर्जल श्रेष्ठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्य लिएर सिरिजको माध्यम अपनाइएको बताए । विभिन्न सिरिजहरू प्रशारण गरेर टेलिभिजनको परिचय फराकिलो बनाउने उद्देश्य आफूहरूको रहेको उनको भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार









