शैक्षिक बेरोजगारको कथा ‘डिग्री माइला’को टिजर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।
टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाख को जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।
३ मिनेट र केही सेकेण्ड लामो टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ। रमाइलो शैलीमा प्रस्तुत गरिएको टिजरले ट्रेलर तथा सिनेमाप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ।
सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो।
सिनेमामा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ। सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ।
सिनेमामा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २३, सोमबार १६:०७हिजो १०५ अङ्कले घटेको नेप्से, आज ८३ अङ्कले बढ्यो
समाचार२०८२ चैत्र २३, सोमबार १४:२१२३ स्थानमा बर्डफ्लु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २३, सोमबार १०:२७चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण « रिपोर्टर्स नेपाल








