मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी

मोरङ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम भएको छ ।
कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान गरेका तथा गर्दैआएका संस्कृति विद् र कलाकारहरुलाइ सम्मान गरेको थियो, जसमा अग्रज तथा संस्कृतविद्हरु कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल सम्मानित भएका छन् ।
कार्यक्रममा धिमाल भाषा र कला–संस्कारमा केही मात्रामा भिन्नता रहेको छ । जे भएपनि हामी धिमाल जाती हौँ र सम्बन्धित निकायले पनि यसको लेखाजोखा राख्नु पर्ने माइपारिका अग्रज संस्कृत विद चन्द्रकान्त धिमाल बताउँछन्।
“निकै अघि हाम्रो पालामा जन्म, विवाह र मृत्यु आफ्नै जातीय परम्परा र विधि अनुसार हुने गर्दथ्यो हालको समयसम्म आइपुग्दा हराउँदै गएको अवस्था छ” हामीले यस्ता कुरामा ध्यान नपुर्याउने हो भने जातीय अश्तित्व नै हराउने अनुसन्धानविद कविन्द्र धिमाल बताउँछन् ।
कार्यक्रममा हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफै जागरुक हुन आवश्यक, बाह्रिय मुखि भएमा पहिचान हराउने भन्दै उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाले नगरको पहिलो जाति भएकोले नगरले सक्ने साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डाक्टर किराँतीको सभापतित्व तथा उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाको प्रमूख आथिथ्यतामा आयोजित् कार्यक्रममा विशिष्ट अतिथिमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ देवकुमार चौधरी, उर्लाबारी नगरपालिकाका–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, धिमाल जातीय विकास केन्द्रका अध्यक्ष अम्बर बहादुर धिमाल र अतिथिमा नेपाल चलचित्र महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, कवि तथा साहित्यकार दिलिप सगर राई, धिमाल जातीय विकास केन्द्र केन्द्रीय सह–अध्यक्ष केदार धिमाल, उर्नि तुन्जाइ सांस्कृतिक मन्चका अध्यक्ष नरसिंह धिमाल, धिमाल जातीय विकास केन्द्रका महासभा सह–अध्यक्ष कविन्द्र धिमाल र बरिस्ठ कलाकार तुन्जाइ सांस्कृतिक मन्चका भुपु अध्यक्ष हरि धिमाल लगायत रहेका थिए । कार्यक्रम उर्नि तुन्जाइ सांस्कृतिक मन्चका सचिब भूमिराज धिमालले सञ्चालन गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









