‘अगत्स्य’ को प्रचार प्रसारको लागी बुटवल पुगे सौगात

बुटवल । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भए संगै यो चलचित्रको चर्चा चलि रहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगत्स्य’ एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर चलचित्र भएको बताएका छन्। बदलाको कथामा आधारित चलचित्र ‘अगत्स्य’ का लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्। तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउदै सौगातले अगत्स्य ले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन्।
चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन्। सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पुर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुन: नयाँपन देख्ने बताए।
चलचित्रका कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ।
भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









