बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला सम्पन्न

काठमाडौँ । चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका ८ सातमारा र अर्घाखाँचीमा ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला सम्पन्न गरेको छ । रुकुम, रोल्पा, बाँके, बर्दिया, प्यूठान, कपिलवस्तु र अर्घाखाँचीका १६ बालबालिकाकाहरु सहभागी रहेको कार्यशालामा सिर्जनात्मक लेखन कथा वाचन,पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माणसम्बन्धि सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान सीपका साथै बालअधिकार, मिडिया साक्षरता, नेतृत्व कलाबारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षकमा निर्देशक एवम् नाट्यकर्मी नवराज बुढाथोकी, छायाँकार तिलक गौतम र साहित्य तथा सञ्चारकर्मी छबिलाल कोपिला थिए । कार्यशालामा प्रशिक्षार्थीहरुले नमूना चलचित्रहरु निर्माण तथा प्रदर्शन गरेका थिए ।
बोर्डको स्थापनाकालमा बालबालिकाका लागि पहिलोपटक आयोजना गरिएको यो कार्यशाला निकै उपलब्धीमूलक रहेको कार्यशाला संयोजक रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार ०७:१२सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता
समाचार२०८२ असार २३, सोमबार ०७:०६इजरायल र हमासबीच कतारमा अनौपचारिक युद्धविराम वार्ता
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:०९के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?