चलचित्रबाट ‘रङ्गेली’ लाई चिनाउने काम गरेको भन्दै मेयरले गरे सफलताको कामना

काठमाडौं। यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया) ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट चलचित्र बनेकोमा खुसी व्यक्त गरेका छन् ।
भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली चलचित्र ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन् । साथै चलचित्र मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।
केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको खबर मिडियामा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो चलचित्रलाई पिजी प्रमाणपत्र प्रदान गरेको छ । प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुनसक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको तर पत्र पेस नगरीकनै बोर्डले प्रमाणपत्र दिएको बताए ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । चलचित्रलाइ सुशन प्रजापतिलेर खिचेका हुन् ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









