Home कला, विचार/मनोरञ्जन लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने

10
0


काठमाडौँ।
‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले गतबर्ष पनि यो महोत्सवमा भव्य रुपमा सम्पन्न गरेको थियो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिए । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिनेछ । बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवर्धन हुने जानकारी दिदै भने–‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुर्याउनेछ । साथमा, नेपाली कला, संकृतिलाई पनि प्रवर्धन गर्नेछ ।’

यो महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी वजार समेत विस्तार हुने बताइएको छ । थर्ड आइले करिब ४० जना हारहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु महोत्सवमा सहभागी हुने बताएको छ । महोत्सव जुन महिनामा आयोजना हुनेछ । आयोजकले यो महोत्सवको तयारी सुरु गरिसकेको बताएको छ । जुन ९ तारिखबाट सुरु हुने महोत्सव जुन १५ तारिखसम्म चल्नेछ ।

आयोजकले यो महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसबाट दश वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने बताएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleयोगेशकाजी र शान्तिश्रीको ‘फूलमाया कान्छी’ मा प्रकाश र सनिसा
Next articleएमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here