Home खेलकुद नेपालले दियो पीएनजीलाई १ सय ९९ रनको लक्ष्य

नेपालले दियो पीएनजीलाई १ सय ९९ रनको लक्ष्य

5
Google search engine

टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ।

जसअन्र्तगत नेपालका सन्दिप जोराले ५६ रन बनाएका छन भने कुशल भुर्तेलले ५९ रन बनाए । त्यस्तै, विवेक यादवले ४ बलमा १९ रन बनाए । गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए ।

पीएनजीसँग भएका पछिल्ला तीन वटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विजयी रहेको नेपाल आज विजयी भएमा फाइनल पुग्नेछ । फाइनल भोली हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here