रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठूलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगितमको आयोजना गरिने भएको छ ।
खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलोपटक पर्यटकीयस्थल रारामा कबड्डी खेलको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए । आगामी वैशाखको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कबड्डी खेलाडीको सहभागितामा उक्त खेलको आयोजना हुने बताइएको छ ।
आवश्यक पूर्वाधार अभावका कारण प्रायः खेल गतिविधि न्यून हुँदा विभिन्न खेल विधाका खेलाडी खेल खेल्नबाट वञ्चित रहँदै आएका छन् । जिल्ला सदरमुकाममा हालसम्म पनि कुनै पनि किसिमका उपयुक्त खेल मैदान, कभर्डहल नहुँदा मुगुका खेलाडी खेल खेल्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् ।
कबड्डीका लागि पर्याप्त समथल चौर भएको राराको तल्लो मिलीमा आगामी वैशाखको ११ देखि १५ गतेसम्म खुल्ला महिला तथा पुरुष कबड्डी खेलको आयोजनाका लागि सहमति जुटेको अध्यक्ष मल्लले बताए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’