आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित आएकी थिएँ : वर्षा राउत
![आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित आएकी थिएँ : वर्षा राउत आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित आएकी थिएँ : वर्षा राउत](https://asalkhabar.com/wp-content/uploads/2024/03/आफूलाई-फरक-भूमिकामा-प्रस्तुत-गर्ने-सोच-सहित-आएकी-थिएँ.jpg)
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको थियो । सन् २०१६ मा उनले तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिईन् ।
उक्त वर्ष उनले ‘नाईं नभन्नु ल ४’,‘छक्का पञ्जा’ र ‘जात्रा’ मा काम गरेकी थिइन् । एकपछि अर्को फिल्म बक्सअफिसमा हिट भएपछि म्युजिक भिडियोमा खोजिने वर्षा फिल्मकर्मीको प्राथमिकतामा परिन् । उनले ‘नाई नभन्नु ल ४’ मा काम गर्दै गर्दा एक गीतमा अभिनय गर्न दीपकराज गिरी, दीपाश्री निरौला पुगेका थिए । त्यहि वर्षालाई देखेपछि दीपकले उनलाई ‘कास्ट’ गर्ने मनसाय बनाए ।
त्यसको केही समयपछि वर्षाले फिल्ममै काम गरिन् । दुई सफल र ‘ब्राण्ड भ्यालु’ भएको फिल्ममा काम गरिसकेकी वर्षालाई तेस्रो फिल्म ‘जात्रा’ अफर भयो । उनको लागि कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई र अभिनेता विपिन कार्कीको समूह नयाँ थियो । उनले रवीन्द्रलाई ‘टल्क जङ्ग भर्सेस टुल्के’ मा नोटिस गरेकी थिइन् । विपिनको ‘भष्मे डन’ बारे परिचित भएपनि धेरै चिनजान थिएन । प्रदीपको उनले न नाम सुनेकी थिइन् न काम देखेकी ।
तर, स्क्रीप्ट लिएर विविध कारणले फिल्म गरेकी वर्षाको अहिले सफल फिल्मको लिस्टमा ‘जात्रा’ शृङ्खला छ । ‘जात्रै जात्रा’ हुँदै तेस्रो भाग ‘महाजात्रा’ सम्म आइपुग्दा उनले टिमलाई निर्धक्क विश्वास गर्न सकेकी छिन् ।
उनले यो समूह रहेको षट्कोण आर्ट्सले गर्ने काममा अहिले सहमति जनाउन कुनै समय लिनु पर्दैन । फिल्ममा डेब्यु गरेकै वर्षमा सफलतामा ‘ह्याट्रिक’ गरेकी वर्षासँग गरिएको ‘महाजात्रा’ संवाद यस्तो छ ।
१ विपिन कार्की थियटरबाट आउनु भएको कलाकार, तपाइँ म्युजिक भिडियोबाट ’जात्रा’ मा काम गर्ने बेलामा असहजता भएन ?
सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन् भनेर त्यहि अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ ।
२ सम्पदा (सम्पु) कस्तो स्वभावकि छिन् ?
सम्पु एउटा असल र इमान्दार महिला हो । त्यहि भएर उसले फडिन्द्रसँग आफ्नो जीवन बिताउने निर्णय गरेकी हो । प्रेम विवाह गर्न सम्पुलाई फडिन्द्रको इमान्दारिताले आकर्षित गरेको हो । ‘महाजात्रा’मा अझैँ सङ्घर्षशील गृहणी बनेकी छ । परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ । परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पु भन्नुस् या सम्पदा ।
३ फिल्ममा तपाइँको प्रेम विवाह भयो तर प्रेम प्रसङ्ग निकै कम छ नि ?
हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथानै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।
४ पहिलो फिल्ममा हिरोइन भन्नुभएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो नी ?
त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ । म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन ।
५ तपाइँको बुझाईमा ‘महाजात्रा’ के हो ?
‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास