अनावश्यक मलेसिया भ्रमणमा जाने एन्फाका उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन

मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका दश जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ।
यस विषयमा मन्त्रालयले एन्फाले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरेको पनि जनाएको छ ।
यसबाहेक युवा तथा खेलकुद मन्त्रालयले खेल संघका पदाधिकारीलाई वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयमा अनुरोध समेत गरेको जनाएको छ ।
आज युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा भ्रमणमा गएका १० जनालाई कारबाही गर्न निर्देशन दिएको हो । ‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ अनावश्यक व्यक्ति मलेसिया गएपछि खेलकुद मन्त्रालयलका प्रवक्ता शिवप्रसाद रेग्मीले भनेका छन्।
‘कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिइएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ,’ रेग्मीले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर मलेसिया गएका छन्। यस्तै एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन्। यस्तै ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाएर मलेसिया पठाइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








