चलचित्र ‘सुगुप’को सोमबार इटहरीमा बिशेष प्रदर्शन
काठमाडौँ। चलचित्र ‘सुगुप’को सोमबार इटहरीमा बिशेष प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा भएको बिशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, पुर्व मन्त्री सर्वध्वज साँवाको समेत बिशेष उपस्थिति रहेको थियो । धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट इटहरीको विशेष शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
‘सुगुप’ हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको विषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिएका छन् । यो लिम्बू भाषिक चलचित्र हो लिम्बू भाषामा निर्माण भएको चलचित्र भएतापनि बुझ्न भने गाह्रो छैन सजिलोको लागि यस फिल्ममा नेपाली र अङ्ग्रेजी भाषामा सबटाइटल समेत दिईएको छ । लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुत कर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।
`सुगुप´मा लिम्बू संस्कृति तथा रिति रिवाजलाई निर्देशकले रचनात्मक ढंगले प्रस्तुत गरेका छन् । कुलतले मानिसलाई गरिब बनाउने र इज्जत र परिवारको लागि मानिसले केके सम्म गर्छ भन्ने ‘सुगुप’मा देखाएईको छ । बर्गिय भेदभाव र शिक्षाको अभावले बिग्रने सोच र रिसरागले गरिएको व्यवहारले निम्त्याउने समस्यालाई यस फिल्ममा उठान गरिएको भने चेतनाको अभावले गर्दा ग्रामीण भेगका महिलाहरुले भोग्ने समस्याहरुलाई सरल शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो,योमन सोदेम्बा,सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरूको अभिनय रहेको छ ।
प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौँ, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बु हुन् । साथै यस चलचित्रको विराटनगरमा पनि इटहरीको प्रदर्शनी संगै भव्य प्रदर्शन भएको निर्माण युनिटले जानकारी दिएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास