दयाहाङ र मेरुनाको ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने

काठमाडौं। फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।
एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता चलचित्रहरू वितरणको अनुभव लिएको कम्पनी हो । यो कम्पनीले पर्सेप्ट पिक्चर कम्पनी र भारतका अन्य प्रमुख प्रोडक्सन हाउसहरूमा काम गर्दै आएको छ ।
एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा चलचित्र वितरण गर्छन् । रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको छ छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए ।
यो चलचित्र नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शनको नजिक छ ।
प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दोस्रो साताको शनिवारका प्रायः हलमा दर्शकको चाप देखिएको निर्देशक अर्जुन सुवेदीले बताए ।
‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
सुशन प्रजापतिले छायांकन गरेको चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २५, बुधबार २०:४४वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
समाचार२०८२ असार २५, बुधबार २०:४३सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २५, बुधबार १९:३५लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने
समाचार२०८२ असार २५, बुधबार १६:२३पोखरा विश्वविद्यालयको बजेट र नीति कार्यक्रम पारित