अभय राजको चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दुइ जना मिल्ने साथीहरु काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कंदै गर्दा उनिहरु बीच आ -आफ्नो प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक द्वन्दलाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ।
चलचित्रमा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा ममता लामिछाने,सोबिता अधिकारी,हिना कोइराला,संगीता राई,दिक्षा ढकाल लगाएतका कलाकारको अभिनय रहेको छ।
यो चलचित्रलाई पूर्ण व्यवसायिक रुपमा सिनेमा घरमा प्रदर्शन गर्ने भन्दा पनि बिभिन्न रास्ट्रीय तथा अन्तररास्ट्रीय फिल्म फेस्टिभलमा सहभागी गराउने उदेश्य रहेको निर्देशक बरालले बताए।
समर्पण रेग्मीले छायांकन गरेको चलचित्रका क्रियटिभ निर्देशक सौरभ ढकाल हुन्। चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









