शंकर सेढाई नयाँ चलचित्रमा अभिनेताको रुपमा अनुबन्धित

काठमाडौँ। कलाकार तथा मोडल शंकर सेढाई नयाँ चलचित्रमा अभिनेताको रुपमा अनुबन्धित भएका छन्। बिन्दवासिनी क्रियसनको ब्यानरमा बन्न लागेको डार्क कमेडी ड्रामामा शंकर सेढाई मुख्य भुमिकामा अनुबन्धित भएका हुन्। चलचित्रको नाम केही साता पछि मात्रै सार्वजनिक गर्ने बताईएको छ। मनोज अधिकारीले निर्माण गर्ने चलचित्रलाइ नवीन भट्टले निर्देशन गर्नेछन्।

फेसन मोडेल हुँदै कलाकारितामा होमिएका शंकर सेढाईले यो भन्दा अगाडी पनि केही चलचित्र, वेब सेरिज, म्युजिक भिडियो, बिज्ञापन, नाटक पनि गरिसकेका छन् । यो चलचित्र चाहिँ उनको मुख्य भुमिकामा अभिनय गर्न लागेको पहिलो चलचित्र हो। चलचित्रमा अन्य केही मुख्य कलाकारहरु पनि अनुबन्धित भई सकेको तथा अन्य केही कलाकारहरुको खोजी पनि भई रहेको निर्माण टिमले जानकारी दिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









