४८ दिनमा सकियो ‘पुजार सार्की’

काठमाडौँ। ‘पुजार सार्की’को प्याकअप भएको छ। सिनेमाको ४८ दिनमा प्याकअप भएको जानकारी सिनेमाका निर्देशक दिनेश राउतले फेसबुकमार्फत दिएका हुन्। सिनेमामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराईली तथा परीक्षा लिम्बुको मुख्य अभिनय रहेको छ। फेसबुकमा दुई तस्विर पोस्ट गर्दै राउतले सिनेमा ४८ औं दिनमा सकिएको जानकारी दिएका हुन् ।

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार शार्की’को सम्पूर्ण छायांकन ४८ औं दिनमा समाप्त भएको जानकारी गराउन चाहान्छु।’, फेसबुकमा तस्विरको साथमा उनले लेखेका छन्, ‘साथै छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण कास्कीकोटबासी लगायत ‘पुजार सार्की’को पूरै टिमप्रति आभार व्यक्त गर्न चाहान्छु ।’ संगीतकार सुभाष भूषाल निर्माता रहेको सिनेमा विकास सुवेदीले लेखेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता









