ज्याकलिन नेपाल आउँदै, यस्तो छ कार्यतालिका

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज आर बि डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउने भएकी छन।
सोमबार एक कार्यक्रमकाबीच कम्पनीले यसको जानकारी दिएको हो।
आर बीले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा उनलाई नेपाल ल्याउन लागेको हो।
३० मार्चमा आर बीले गर्ने ज्वेलरी रन वेमा ज्याकलिनलाई शो स्टपर बन्नेछिन्।
उनी आउने कार्यक्रमको जानकारी दिन आयोजित शो कार्यक्रमा ज्याकलिनले भिडियो सन्देशमार्फत आफू नेपाल आउन लागेकोमा खुशी व्यक्त गरेकी छन्।
आरबी डायमण्डले सो रन वेमा आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्ने जानकारी दिएको छ।
सो रनवेमा हलिउड अभिनेता तथा मोडल किम गुडबर्न शो ओपनर बन्नेछन्।
रनवेमा उनले आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन्।
ज्याकलिनको नेपाल आगमनको जानकारी दिएको आरबी डायमण्डले हिजो आफ्नो नयाँ लोगो समेत सार्वजनिक गर्यो।
आरबीले नयाँ लोगोसँगै रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक









