आजदेखि इण्डियन प्रिमियर लिग (आईपीएल)शुरू हुँदै

आजदेखी इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण शुरु हुदै छ।चेन्नईमा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ।उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन्। चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको छ।
चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ। उनको यो आईपीएल डेब्यू हो। त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ।आईपीएल– २०२४ को २१ खेलको तालिका गत महिना सार्वजनिक गरिएको थियो। आमनिर्वाचनका कारण यस सिजनको पूर्ण कार्यतालिका अझै सार्वजनिक भएको छैन। पहिलो चरणमा चैत २२ देखि वैशाख ७ सम्मको कार्यतालिका घोषणा गरिएको छ। उद्घाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री









