आयरल्याण्ड ए विरुद्ध नेपालको ‘क्लिन स्वीप’

नेपालले दोस्रो टी २० खेलमा आयरल्यान्ड ए विरुद्ध ७१ रनले जित निकालेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । यसअघि आयरल्याण्डसँगको पहिलो खेलमा पनि नेपाल ६ विकेटले विजयी भएको थियो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ ।
आज भएको खेलमा एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको पुग्यो । आयरल्यान्डका लागि स्टेफेन डुहेनीले २६ रन बनाउनुभयो । यस्तै मोर्गन टोपिङले २१, काडे कार्माइकलले १८, कप्तान नेल रक र रोस अडिरले १७/१७ तथा ग्रेथ डेलानीले १५ रन बनाउनुभयो ।
आयरल्यान्डलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । यस्तै करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या