छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला

काठमाडौं। व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फारम खुलेको छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुका लागि फारम खुला गरिएको हो ।
बिगत झैं यसपटक पनि यो प्रतियोगिताको आयोजना रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.ले सँयुक्त रुपमा गर्न लागेको छ । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ को उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेसेन्ड रनरअप लगायतलाई पनि विभिन्न पुरस्कारहरु रहेको आयोजक एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फारम रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवन, विलक्षण क्रियसनको कार्यालय पुतलीसडक लगायतको स्थानमा पाईने पनि आयोजक पक्षले जनाएको छ । यो प्रतियोगिताको अर्को हप्ता अडिसन लिईने भएको छ । ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा आउन चाहनेहरुले यो प्रतियोगितामा भाग लिने पाउने छन् । ब्युटिसियन क्षेत्रमा नलागेकाहरुलाई पनि ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर फाईनलमा उतारिने छ ।
यो कार्यक्रमका बारेमा आयोजक ब्युटिसियन सोनी कारँजितले भनिन्,‘ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिसँगै उनीहरुलाई राष्ट्रिय मञ्चमा उतार्न हामीले बिगत सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका हौं । कोरोनाका कारण एक वर्ष स्थगित भए पनि बाँकी हरेक वर्ष यो प्रतियोगिता नियमितरुपमा आयोजना हुँदै आएको छ ।’
प्राय ब्युटिपार्लर भित्रै सिमित रहने व्युटिसियनहरुका लागि आफ्नो क्षेत्रमा केही फरक प्रस्तुति दिनकोलागि यो प्रतियोगिता उपयुक्त प्लेटफर्म भएको अर्का आयोजक डब्बु क्षत्रीको कथन छ,‘ब्युटिसियनहरुलाई कस्टमर केयरिङदेखि धेरै कुरामा यो प्रतियोगिताबाट फाईदा पुग्ने छ । यसले उनीहरुलाई एउटा सेलिब्रेटीको रुपमा थप परिचयसमेत स्थापित गर्नेछ ।’ क्षत्रीले भने ।
यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ । यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने आयोजक पक्षले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ६, आईतवार १९:३७नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना
समाचार२०८३ बैशाख ६, आईतवार १९:३६कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ६, आईतवार १४:०१‘परालको आगो’ले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वासमा प्रकाश सपुत
खेलकुद२०८३ बैशाख ६, आईतवार ११:१९इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा








