जोनसन खोप अभियानको प्रधानमन्त्री देउवाद्वारा शुभारम्भ

जोनसन खोप अभियानको प्रधानमन्त्री देउवाद्वारा शुभारम्भ
Share this

जोनसन एन्ड जोनसन कम्पनीको खोप प्रधानमन्त्री शेरबहादुर देउवाले अभियानको शुभारम्भ गर्नु भएको छ ।

काठमाण्डौको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दै उहाँले भीडभाड नगरि खोप लगाउन निर्देशन पनि दिनुभयो ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

एक मात्रा लगाए हुने यो खोप ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा नेपालमा रहेका शरणार्थीलाई दिइँदैछ ।

 

अन्तिम अपडेट: 2021-July-19 समय 12:55 PM

209 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com