संस्कृत युवा मञ्चद्वारा शिवशक्तिलाई शैक्षिक सामाग्री सहयोग

संस्कृत युवा मञ्चद्वारा शिवशक्तिलाई शैक्षिक सामाग्री सहयोग
Share this

असल खबर – संस्कृत युवा मञ्च नेपालले शिवशक्ति आधारभूत विद्यालय पोखरा २६, सिलिंगेलाई आवश्यक शैक्षिक सामाग्री हस्ताण्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच युवा मञ्चका अध्यक्ष रामकृष्ण अर्यालले विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जारालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै युवा मञ्चका निवर्तमान अध्यक्ष हरिशरण पौडेलले संस्कृत युवा मञ्चले विद्यालयका विद्यार्थीलाई आधुनिक ज्ञानसँगै आध्यात्मिक ज्ञान र नैतिक शिक्षामा पनि जोड दिनुपर्ने साथै संस्कृत ज्ञानप्रतिको आस्था र नैतिक शिक्षाको जगेर्नाका निमित्त हरेक विद्यालयले पठनपाठन गराउनुपर्ने कुरा पनि उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जाराले संस्कृत शिक्षा र सनातन धर्मको रक्षाका लागि सबैलाई प्रेरित गर्न र जागरुकता ल्याउन विद्यालयतहबाटै शिक्षा दिनुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष रामकृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विष्णु पौडेल, सचिव केशव गौतम लगायतले आ आफ्नो भनाई समेत राख्नुभएको सहसचिव महेन्द्र ढकालले असल खबरलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: 2022-January-13 समय 5:06 PM

84 पटक पढिएको
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com