बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज

गलकोट (बागलुङ), ६ मङ्सिर । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।
धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ/छैन मात्रै पत्ता लगाउने उपकरण थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । उक्त उपकरण हाल धवलागिरि अस्पतालसहित देशभरका छवटा क्षयरोग उपचार केन्द्रमा मात्र छन् ।
४० लाख लागतको उपकरण धवलागिरि अस्पतालमा मङ्गलबारदेखि परीक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए । अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहे पनि औषधि चलाउनका लागि दोस्रो चरणको परीक्षणका लागि खकार काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो ।
अब बागलुङमा क्षयरोगको पहिलो लाइन र दोस्रो लाइनको परीक्षणसहित उपचार गरिने भएपछि बागलुङसहित छिमेकी जिल्लाका क्षयरोगीलाई सहज हुने प्रयोगशाला निरीक्षक भुसालको भनाइ छ ।
“क्षयरोगी र प्रतिरोगी दुवैको परीक्षण र उपचारका लागि उपकरणले सहायता दिनेछ, क्षय प्रतिरोगीको उपचारका लागि खकार परीक्षण कुरियरमार्फत काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो, त्यो अन्त्य भएको छ”, उनले भने, “क्षयरोग भए–नभएको त पत्ता लगाउने व्यवस्था धवलागिरि अस्पतालमा थियो तर क्षयरोगको अवस्था, जीवाणु र कुन औषधि चलाउने भन्ने विषयमा काठमाडौँ नै परीक्षणका लागि पठाउनुपर्ने थियो, धवलागिरि अस्पतालमा क्षयरोगको दोस्रो लाइनको परीक्षण भएपछि उपचारमा ठूलो राहत हुन्छ ।”
उक्त उपकरण विश्वकै आधुनिक उपकरण भएको भन्दै क्षयरोग नियन्त्रणमा उपकरणले सहयोग गर्ने छ । धवलागिरि अस्पतालमा यसअघि रहेको क्षयरोग छ–छैन भनेर पत्ता लगाउने उपकरण भने बागलुङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य कार्यालय बागलुङ क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
अब क्षयरोग भए– नभएको परीक्षण गर्नेमात्र उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङमै हुनेछ । उनका अनुसार उक्त क्षयरोग र क्षय प्रतिरोग पत्ता लगाउने उपकरणले बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी र रुकुम जिल्लालाई समेत फाइदा पुग्ने छ । जिल्लामा क्षयरोगीको सङ्ख्या ४५ रहेको घिमिरेले जानकारी दिए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
समाचार२०८२ असार २२, आईतवार २०:४९धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण
समाचार२०८२ असार २२, आईतवार १९:३८राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा