विश्वकप छनौटमा ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं- विश्वकप छनौट अन्तर्गत अहिले बिहान सम्पन्न खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित हुन पुगेको छ । दश खेलाडीमा सीमित ब्राजिल अर्जेन्टिनासँग ०-१ गोलले पराजित भएको हो ।
ब्राजिलको यो लगातारको तेस्रो हारसँगै सात अंकसहित बटुल्दै विश्वकपमा छनौटमा समूहको छैटौं स्थानमा छ । उता अर्जेन्टिना भने १५ अंकसहित समूहको पहिलो स्थानमा रहेको छ ।
पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोलबाट अग्रता लिएको थियो ।
खेलको ८०औं मिनेटमा ब्राजिलियन खेलाडी जोइलिनटनले रातो कार्ड खाएपछि दश खेलाडीमा सीमित ब्राजिलले कुनैपनि गोल गर्न सकेन ।
त्यसैगरी आजै भएको अर्को खेलमा कोलम्बिया, इक्वेडर र उरुग्वेले जीत हात पारेका छन् । पेरु र भेनेजुएलाबीच भएको खेल भने एक-एक गोलको बराबरीमा रोकिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग









