कृतिम अभाव खडा गर्ने कालोवजारी गर्नेलाई कडा कारवाही गर्ने मन्त्रिपरिषद बैठको निर्णय

काठमाडौं- सरकारले चाडवाड लक्षित गरेर उच्च माग हुने खाध्य तथा गैह्र खाध्य वस्तु लगायतमा कृतिम अभाव गराउने अस्वभाविक मुल्य वृद्द्धी र कालोवजारी गर्ने जस्ता गतिविधि नगर्न नगराउन सम्पूर्ण उद्योगी व्यवसायीसंग आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कालोबजारी गर्नेहरु विरुद्द्ध हेलो सरकार तथा वाणिज्य विभागको ११३७ नम्वरमा सूचना दिन पनि सर्वसाधारणमा आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कृतिम अभाव खडा गर्ने कालोवजारी गर्नेहरुलाई कडा कारवाही गर्ने निर्णय गर्नुका साथै सुपथ मुल्यपसल तत्काल देशैभर सञ्चालन गर्न र अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने सम्बन्धमा नेपालको सार्भौमसत्ता, राष्ट्रिय अखण्डता, घृणा, द्वस फैलने राष्ट्रिय एकतामा प्रतिकुल असर पर्ने गरी कुनै काम कार्वाही नगर्न नगराउन हुन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
तत्काल यस सम्बन्धि निर्देशीका र ऐन वनाएर कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको पनि मन्त्री शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले विशेष अदालत सम्बन्धि नियमावली २०८० स्विकृत गरेको छ। त्यस्तै निर्माणजन्य सामाग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० संघीय संसदमा पेश गर्न स्विकृति प्रदान गरेको छ ।
सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संघीय संसदमा पेश गर्न स्विकृति दिने निर्णय पनि बैठकले गरेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास