पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण पहल अघि बढेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को वायुसेवा कम्पनी फ्लाई दुवई का जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण तथा उच्चस्तरीय छलफल गरेको छ।
लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निराैलासहित प्राविधिक टोलीसँग करिब ६ घण्टासम्म गहन छलफल र निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार तथा उडान सञ्चालनसँग सम्बन्धित विभिन्न पक्षहरूको सूक्ष्म अध्ययन गरिएको टोलीले जनाएको छ।
निरीक्षणपछि टोलीले पाेखराका मेयर धनराज आचार्यसँग भेटघाट गरेको थियो। उक्त अवसरमा उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्राविधिक तथा सुरक्षा दृष्टिले पूर्ण रूपमा सक्षम र सुरक्षित रहेको प्रतिक्रिया दिएका छन्। विमानस्थलको पूर्वाधार तथा तयारीबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न फ्लाई दुबई इच्छुक रहेको बताएका छन्।
“हामीले विमानस्थलको प्राविधिक तथा सुरक्षा पक्षको विस्तृत निरीक्षण गरेका छौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार रहेको पाएका छौँ। हामी पोखरा र दुबईबीच दैनिक उडान सञ्चालन गर्न इच्छुक छौँ,” लुकासले भने।
उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक समन्वय र पहलमा मेयर आचार्यले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद पनि व्यक्त गरेका छन्।
फ्लाई दुबई, इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो। फ्लाई दुबईले पोखराबाट उडान सुरु गरेसँगै पोखरा इमिरेट्सको विश्वव्यापी सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको छ। यसले पोखरालाई विश्वका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहज रूपमा पोखरा आउन सक्ने अवस्था सिर्जना हुनेछ।
यस उडानलाई मूर्त रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पाैडेल फ्लाई दुबईका उच्च अधिकारीहरू, कम्पनीका नेपाली प्रतिनिधिहरू तथा मेयर आचार्यको सहभागितामा पटक–पटक उच्चस्तरीय बैठकहरू सम्पन्न भइसकेका छन्।
मेयर आचार्यका अनुसार लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टे प्राविधिक निरीक्षण तथा सरोकारवालाबीचको गहन छलफलपछि अब नियमित उडानको मिति सार्वजनिक गर्ने चरण नजिक पुगेको छ।
उनले फ्लाई दुबईको चासो र हालसम्म भएको प्रगतिले पोखरेली जनता तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताए। पोखरालाई विश्व बजारसँग प्रत्यक्ष रूपमा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसेढुंगा सावित हुने उनको विश्वास छ।
यो उडान सञ्चालनमा आएमा गण्डकी प्रदेशका नागरिकहरूले वैदेशिक रोजगारी, व्यवसाय तथा भ्रमणका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। साथै मध्यपूर्व तथा अन्य मुलुकबाट सिधै पर्यटक पोखरा भित्रिने मार्ग खुल्ने विश्वास गरिएको
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21768, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








