मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको अध्यक्षमा विष्णु श्रेष्ठ

पोखरा । मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको अध्यक्षमा बिष्णु श्रेष्ठ निर्वाचित भएकी छन् । संस्थाकाे हालै सम्पन्न चाैथाैं साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।
नवनिर्वाचित समितिकाे उपाध्यक्षमा सकुन्तला के.सी., सचिवमा रुपाकला गुरुङ, कोषाध्यक्षमा सुशिला तिवारी निर्वाचित भएका छन्।
कार्यसमितिको सदस्यहरूमा सरस्वती कार्की, रिना शर्मा रेग्मी, तारा परियार, कल्पनाकुमारी पाैडेल, लक्ष्मी अधिकारी र सुशिला घिमिरे चयन भएका छन्।
कार्यक्रममा पूर्व अध्यक्ष प्रमिला तझ्या, निवर्तमान अध्यक्ष जुना के.सी. प्रदेश अध्यक्ष मिना अधिकारी तथा प्रदेश अधिवक्ता सवनम शर्माकाे विशेष उपस्थिति रहेकाे थियाे ।
अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्दै एकल महिलाको हकहित संरक्षण, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण तथा सामाजिक न्यायका पक्षमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नवगठित कार्यसमितिले संस्थालाई थप प्रभावकारी र गतिशील बनाउँदै एकल महिलाका आवाजलाई सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21764, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








