बाढीका कारण टापुमा रोकिएका व्यक्तिको सकुशल उद्धार

दाङ- राप्ती नदीमा आएको बाढीका कारण बिच टापुमा फँसेका एक जनाको पाँच घण्टापछी सकुशल उद्धार गरिएको छ । राजपुर गाउँपालिका–३ खरदरीया निवासी ३६ बर्षिय शिवकुमार यादवको सकुशल उद्धार गरिएको हो ।
खरदरीया–गिधेनिया टापुमा यादव फँसेका थिए । नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी सहित स्थानीयको टोलीले डुंगा मार्फत यादवको सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिनुभयो ।
‘भैंसी चराउन गएको बेला बाढी आयो । ५ बजेदेखी राती ९ बजेसम्म टापुरमै अलपत्र हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो, ‘उद्धार टोलीले सकुशल उद्धार गर्न सफल भयो ।’
यस्तै पूर्व पश्चिम राजमार्ग लमही–नेपालगञ्ज सडक खण्डमा ढलेको रुख हटाइएको छ । लमही–७ पद्मीनी सोता नजिक रुख ढलेको थियो । जसले गर्दा आवागमन रोकिएको थियो । सुरक्षाकर्मीको टोलीले ढलेको रुख हटाएपछि यातायात सुचारु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न








