न्युजिल्याण्डमा दशैँ धमाका, प्रमोद, मेलिना र सुमनले दर्शक झुमाउँदै

काठमाडौँ। नेपालीहरुको चाडबाड बढेसंगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। नजिकिदै गरेको दशैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दशैँ धमाका’ कार्यक्रम हुने भएको छ। निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्य एक हो न्युजिल्याण्ड। न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन्।
काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरि न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। ‘लाखे इभेन्ट’को आयोजनामा रहेको कार्यक्रम ‘दशैँ धमाका’लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ।
न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरुलाई बताउँदै गायक प्रमोद खरेलले यो दशैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरेका छन्। एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।
हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैँ दर्शकहरुसंग हुने भएको हुदाँ उत्साहित भएको बताए। घर परिवारसंग यसपाली दशैँ मनाउन नपाउने भएता पनि दर्शकसंग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए।
इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न









