‘वानर सेना’ प्रदर्शनमा

काठमाडौँ, १९ असोज । नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताए ।
निर्देशक गिरीले नै लेख्न भएको चलचित्रमा विनोद सापकोटाले छायांकन, जोन तामाङले सङ्गीत, प्रवीन ढकालले रङ्ग संयोजन, नारायण रिजालले नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीले द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र बन्दे प्रसादले सम्पादन गरेका छन् । युवराज गिरीले निर्माण गरेको चलचित्रको वितरण काठमाडौँमा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) र एफडी कम्पनीले गरेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान








