Home कला, विचार/मनोरञ्जन फ्राईडे रिलिज : ‘परदेशी २’, कौसिद’ र ‘बासेन्जी’

फ्राईडे रिलिज : ‘परदेशी २’, कौसिद’ र ‘बासेन्जी’

0
फ्राईडे रिलिज : ‘परदेशी २’, कौसिद’ र ‘बासेन्जी’

काठमाडौंँ । आज शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘परदेशी २’, ‘कौसिद’ र ‘बासेन्जी’ । फरक फरक कथामा निर्माण भएका तीन फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । तीन मध्य देशभरको हलमा राम्रो शो ‘परदेशी २’ ले पाएको छ । ‘परदेशी २’ दर्शकमाझ प्रतिक्षित फिल्म पनि हो । फिल्मले राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, बर्षा सिवाकोटी, प्रशान्त तामाङलगायतको अभिनय रहेको फिल्म हो । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुको समेत अभिनय देख्न सकिन्छ ।

आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत ‘परदेशी’ले गरेको थियो, भने सिक्वेलले अध्यायनका लागि विदेशिने युवा पुस्ताको मोहलाई कथा बनाएको हो ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन छ ।

‘कौसिद’

अभिनेत्री ऋचा शर्मा र भोलाराज सापकोटाको मुख्य भुमिका रहेको ‘कौसिद’ ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथामा बनेको फिल्म हो । फिल्मका निर्माता केदार भुषाल हुन् । कुमार भास्करको निर्देशन रहेको फिल्ममा ऋचा र भोलाराजको अलवा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनछ । फिल्मका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ हुन् । नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको फिल्ममा निसाल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ । फिल्मका वितरक आरआर फिल्मस् रहेको छ ।

‘बासेन्जी’

नेपाली फिल्म क्षेत्रमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण ‘बासेन्जी’ हेर्न पाइने भएको छ । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको ‘बासेन्जी’ हरर जनरामा निर्माण गरिएको फिल्म हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here