कोशीमा संकट: काँग्रेसका कार्की हस्ताक्षरकर्ता सबै सदस्यहित प्रदेश प्रमुखको कार्यकक्षमा

मोरङ- नेपाली काँग्रेसका नेता केदार कार्कीले आफ्नो पक्षमा ४७ सदस्य रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्ति गर्न हस्ताक्षरकर्ता सदस्यहरुसहित प्रदेश प्रमुख पर्शुराम खापुङसँग भेट गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले निर्धारित समयमा छुट्टा छुट्टै २ वटा दाबी पेश भएको र यसको सम्बन्धमा संवैधानिक ,कानुनी र व्यावहारिक परामर्श गरी निर्णय लिने जानकारी गराउनुभएको छ ।
उहाँले प्रदेश सदस्यहरुको हस्ताक्षर भोलि सनाखत गरेर निर्णय लिने पनि बताउनुभएको छ ।
सत्ता गठबन्धनको भने आफ्नो पक्षले पेश गरेको दाबी आधिकारिक भएको भन्दै सोही अनुसार निर्णय हुनुपर्ने भनाइ छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको बैठकले प्रदेश सरकार गठनको प्रकियामा हालका लागि मौन रहने निर्णय गरेको छ ।
राप्रपाको मौनता र सत्तारुढ नेपाली काँग्रेस भित्रको विवादका कारण कोशी प्रदेश सरकार गठनको समयसिमा सकिएसँगै मुख्यमन्त्री नियुक्तिको प्रकृया अन्यौलमा परेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सरकार गठनका लागि बहुमत पुर्याई दावी गर्ने समयसिमा आज साँझ ५ बजेसम्म तोकिएको थियो । तर निर्धारित समयसिमा अघि हिजै सत्तागठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र सत्ता आवद्ध कांग्रेस प्रदेशसभा सदस्य केदार कार्कीले आ-आफ्नो पक्षमा बहुमत रहेको भन्दै दावी पेश गरेका थिए ।
सत्तागठबन्धनले नेपाली काँग्रेसका २९, माओवादीका १३ , एकिकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सदस्यको हस्ताक्षर सहित दावी पेश गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफू सहित कांग्रेसका ८ सदस्य र एमालेका उपसभामुख बाहेक ३९ सदस्यको हस्ताक्षर सहित दावी पेश गर्नु भएको थियो ।
दुवै पक्षवाट हस्ताक्षरसहित अलग अलग दावी पेश भएपछि व्यवहारिक र कानूनी समस्या सृर्जना भएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने
समाचार२०८२ मंसिर ७, शनिबार १८:१७धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३७यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३२आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिश्पर्धा








