साईबर क्राईम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङ,२७ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा एक दिने साईबर क्राईम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय साईबर क्राईम सम्बन्धी अपराध बढीरहेकोले त्यसको न्युनीकरणको लागि विद्यार्थीहरुलाई जानकारी गराउनको लागि कार्यक्रमको आयोजना गरीएको हो ।

प्रहरी दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ माविको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धी जानकारी गराईएको शिक्षक नायक राजेन्द्र रानामागरले जानकारी दिनुभयो । सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङका पुरुषोत्तम अगस्ती र छवी थापाले साईत्रर क्राईम भेनको हे हो ? यसबाट कसरी बच्ने, उजुरी दिने तरिका र प्रविधिहरुको प्रयोग लगायत लागुऔषधको विषयमा सहजिकरण गर्नुभएको थियो ।

नीलकण्ठ युवा रेडक्रस सर्कलका अध्यक्ष दिपेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ,विद्यालयका प्रधानाध्यापक धु्रव अधिकारी र कक्षा ११ र १२ का संयोजक विष्णु प्रसाद रिजालको आतिथ्यता रहेको थियो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा








