डा. बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो आउँदै

काठमाडौं । लेखक डा. खगराज बरालको शब्दमा लोक लयमा आधारित आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” छिटै सार्वजनिक हुने तयारीमा रहेको छ ।
युवा वयका दुई मायालु जोडी बिच पिरतीले भरिएको यो गीतमा राजन बरालले सङ्गीत भरेका छन् । मनोहर सुनामको एरेन्ज रहेको यस गीतमा लोकप्रिय गायिका रचना रिमाल र नवोदित गायक राजन बरालको स्वर रहेको छ । मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि. ले निर्माण गरेको म्युजिक भिडियोश्याम ढकालको निर्देशनमा तयार भएको हो ।नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् ।
यस म्युजिक भिडियोमा सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियो बडा दशैंको शुभकामना सहित मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मुनलाइट मिडिया(@moonlightmedia3548) बाट सार्वजनिक हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २५, शुक्रबार १३:१६म भन्दा त्यो पात्र भिन्न हो-अभिनेत्री खड्का
खेलकुद२०८३ बैशाख २५, शुक्रबार १२:३४सर्वोच्चको आजको दैनिक पेशी सूची अरु दिनभन्दा दुई घण्टा ढिलो सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार ०८:१५लक्षित दर्शक भेट्न मोफसलमा रोल नं. १
समाचार२०८३ बैशाख २५, शुक्रबार ०६:२२तुइनखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडक अवरुद्ध








