डा. बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो आउँदै

काठमाडौं । लेखक डा. खगराज बरालको शब्दमा लोक लयमा आधारित आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” छिटै सार्वजनिक हुने तयारीमा रहेको छ ।
युवा वयका दुई मायालु जोडी बिच पिरतीले भरिएको यो गीतमा राजन बरालले सङ्गीत भरेका छन् । मनोहर सुनामको एरेन्ज रहेको यस गीतमा लोकप्रिय गायिका रचना रिमाल र नवोदित गायक राजन बरालको स्वर रहेको छ । मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि. ले निर्माण गरेको म्युजिक भिडियोश्याम ढकालको निर्देशनमा तयार भएको हो ।नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् ।
यस म्युजिक भिडियोमा सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियो बडा दशैंको शुभकामना सहित मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मुनलाइट मिडिया(@moonlightmedia3548) बाट सार्वजनिक हुनेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा
खेलकुद२०८२ आश्विन २९, बुधबार ०७:३६आज ओमानविरुद्ध भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २८, मंगलवार २०:३०प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई