“हाँस्दा अरूसँग, रुँदा मसँग” गजलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कवि तथा गजल कार नबराज बराल ‘निशान्त’ को शब्दमा आधुनिक गजल “हाँस्दा अरूसँग, रुँदा मसँग” सार्वजनिक भएको छ ।
यस गजलमा राजन बरालले सङ्गीत भरेका छन् भने स्वर पनि राजन बराल कै रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको यस गजलमा सितारमा सीतामैंया राजथल, बाँसुरीमा गोपाल देव, तबला र रिदम भुवन गन्धर्व, स्याक्सोफाने र गितारमा मनोहर सुनामले साथ दिएका छन् ।
यस म्युजिक भिडियोको परिकल्पना, सम्पादन, छायाङ्कन, सिनेमेटोग्राफी तथा निर्देशन दिवश बरालले गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक र मङ्की हिल हट्स एन्ड रेस्ट्रो प्रा.लि. का रमणीय स्थलमा यस म्युजिक भिडियोको छायाङ्कन गरिएको छ ।
स्टुडियो साउन्ड डिजाइन नक्सालमा रेकर्डिङ गरिएको यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङको काम भोला पौडेलबाट सम्पादन भएको थियो ।
यस म्युजिक भिडियोमा किशोर सुनार, शङ्कर सुनार र एलिसा कुँवरको मन छुने कारुणिक अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियो बडा दशैंको शुभकामनासहित विजया दशमीको दिन राजन बराल अफिसियल युट्यसव च्यानल https://www.youtube.com/@rajanbaral615 तथा यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’