‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने

काठमाडौँ । छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘रङ्गेली’ को अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि चलचित्रको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो । प्रदर्शन अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा फिल्मको प्रिमियर पनि फिक्स भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।
यसअघि जापान, कोरिया र हङकङ गरी तीन देशको फिल्मको वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले किनेको थियो । अस्ट्रेलियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता फिल्मको प्रिमियरको समेत तयारी गरिएको छ । फिल्म भने महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।
निर्देशक सुवेदीको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । तिहार अगावै फिल्मको सम्पूर्ण छायाङ्कन सकिने बताइएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’