‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने

काठमाडौँ । छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘रङ्गेली’ को अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि चलचित्रको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो । प्रदर्शन अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा फिल्मको प्रिमियर पनि फिक्स भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।
यसअघि जापान, कोरिया र हङकङ गरी तीन देशको फिल्मको वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले किनेको थियो । अस्ट्रेलियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता फिल्मको प्रिमियरको समेत तयारी गरिएको छ । फिल्म भने महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।
निर्देशक सुवेदीको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । तिहार अगावै फिल्मको सम्पूर्ण छायाङ्कन सकिने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक









